जलवायु परिवर्तनको हानीका कारण विश्वका करिब एक अर्ब बालबालिका ‘अत्यन्त उच्च जोखिममा’ रहेको एक अधिकार समूहले चेतावनी दिएको छ। युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको पनि सो समूहले जनाएको छ।
किड्सराइट्स सूचकांकले विश्वका एक तिहाइभन्दा बढी बालबालिका (करिब ८२० मिलियन) हाल गर्मीको लहरमा परेको जनाएको छ। संयुक्त राष्ट्र संघीय निकायले प्रदान गरेको तथ्यांकका आधारमा उक्त तथ्यांक निकालिएको हो।
पानीको अभावले विश्वभर ९२ करोड बालबालिकालाई असर गरेको छ, जबकी मलेरिया र डेंगु जस्ता रोगहरूले झन्डै ६० करोड बालबालिकालाई असर गरेको डच एनजीओ किड्सराइटले जनाएको छ।
बालबालिकाको अधिकारको वार्षिकरूपमा कसरी सम्मान गरिन्छ भनेर मापन गरिन्छ। सूचांकअनुसार १८५ देशहरुमध्ये आइसल्याण्ड, स्वीडेन र फिनल्याण्डलाई बालबालिकाको अधिकारको लागि उत्कृष्ट मानिएको छ भने सिएरालियोन, अफगानिस्तान र चाडलाई सबैभन्दा खराबको रूपमा मापन गरिएको छ।एजेन्सी



