युक्रेनको राजधानी किएभमा रुसको खतरनाक आक्रमण

एजेन्सी । युक्रेनकाे राजधानी किएभमा रुसले आज सोमवार बिहान कामिकाजे ड्रोनहरूबाट आक्रमण गरेको त्यहाँका अधिकारीले बताएका छन् । किएभको केन्द्रीय भागमा रहेको शेव्चेनकिव्स्की क्षेत्रमा कैयौं विस्फोटका आवाजहरू सुनिएको युक्रेनका राष्ट्रपतिका मुख्यसचिव एन्ड्री येर्माकले जानकारी दिएका छन् ।

क्राइमियालाई रुसको मुख्यभूमिसँग जोड्नका लागि बनाइएको कर्च पुलमा युक्रेनीहरूले बम आक्रमण गरेपछि रुसले प्रतिकारका युक्रेनका विभिन्न शहरहरूमा व्यापक क्षेप्यास्त्र आक्रमण गरिरहेको अन्तराष्टिय सन्चार माध्यमले वताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री