निगमलाई १५ दिनमा ३९ करोड नाफा हुने

काठमाडाै  । इन्डियन आयल कर्पाेरेशन (आइओसी)बाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची प्राप्त गरेकाे छ । निगमका अनुसार आइतबार आइओसीबाट आएको मूल्यसूचीमा डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेको छ । भारतबाट मूल्य बढेर आएपनि अहिलेका लागि नेपालमा पुरानै खुद्रा ब्रिक्री मूल्यलाई यथावत राखिएको निगमले वताएकाे छ । निगमले दिएकाे जानकारी अनुसार डलरको मूल्य वृद्धि भएको र तेल उत्पादक कम्पनी ओपेकले उत्पादन कटौती गरेकाले मूल्य बढेर आएको हाे ।

यसअघि तीन पटक मूल्य घटेर आएपनि निगमले घाटा पूर्ति भइनसकेको भन्दै मूल्य घटाएको थिएन । आइओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ ।

अब कायम नयाँ मूल्य सूची अनुसार पेट्रोलमा १.७४ रुपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० रुपैयाँ प्रतिलिटर र हवाई इन्धनमा १०.२५ प्रति लिटरले बढेर आएको छ । डिजेलमा ६.३४ रूपैयाँ प्रतिलिटर र एलपी ग्यासमा ३२५.४४ रूपैयाँ प्रतिसिलिण्डर घाटा छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा हुने निगमको भनाइ छ । समग्रमा निगम घाटामा भने छैन । अब निगमले आगामी १५ दिनमा करिब ३९ करोड नाफा आर्जन गर्ने अवस्था छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

काठमाडौं । त्रिशूली नदी करिडोर र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट …

प्रतिकृया दिनुहॊस