ठमेलमा भीषण आगलागी, ५ करोड भन्दा बढीको क्षति

काठमाडौँ । काठमाडौँको ठमेलमा अाज भीषण आगलागी भएको छ । मूख्य पर्यटकीय क्षेत्र ठमेलमा मंगलबार बिहान भीषण आगलागी भएको प्रहरीले जानकारी दिएकाे छ । ज्याठामा रहेको सुमनमान स्थापितको घरबाट आगलागी सुरु भएको वतार्इएकाे छ । 

बिहान पौने चार बजे ज्याठा क्षेत्रमा गस्तीमा रहेका प्रहरीले आगलागी भएको थाहा पाएको र त्यसपछि निभाउने प्रयास सुरु भएको प्रहरी वृत्त दरबार मार्गले जानकारी दिएकाे छ। आगलागीबाट पाँच करोड रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको र अहिले क्षतिको विवरण संकलन भइरहेको प्रहरीले  बताएकाे छ ।

स्थापितको ६ तले घरमा भएको आगलागी छेउमा रहेका दुई घरमा पनि फैलिएकाले क्षति बढी भएको हो । स्थापितको घरमा पानी तान्ने मोटरमा विद्युत सर्ट भई आगालगी सुरु भएको प्रहरी वृत्त दरबार मार्गका डिएसपी मल्लले जानकारी दिए । अागलागीबाट १० कराेड रुपैयाँ बराबरकाे क्षति भएकाे छ । ज्यान जाेगाउनेक्रममा हामफालदा ५ जना घाइते भएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री