काठमाडौं । मेगा बैंकले सुनसरी जिल्लाको गढी गाउँपालिकामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । गढी गाउँपालिका वडा नम्बर ३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादब र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक बिवेकानन्द झाले मेगा बैंकको शाखारहित बैंकिङ सेवाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उद्घाटनमा गाउँपालिकाका अध्यक्ष यादबले अब आफ्नो गाउँपालिकाका जनतालाई मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न सजिलो हुने भन्दै खुसी व्यक्त गरेका छन् ।
नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक झाले ग्रामीण तथा दुर्गम भेगहरुमा सेवा विस्तार गरेकोमा मेगा बैंकलाई धन्यवाद दिएका छन् ।
तपाईंको प्रतिकृया




