प्रभु बैंकका ग्राहकलाई मार्फा ओर्चड होटलमा छुट दिने सम्झौता

काठमाडौँ । प्रभु बैंक र मार्फा स्थित मार्फा ओर्चड होटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा बैंकका जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र मार्फा ओर्चड होटलका तर्फबाट प्रोप्राइटर निशान ज्वारचनले हस्ताक्ष गरेका छन् ।

सम्झौता अनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले मार्फा ओर्चड होटलद्धारा सञ्चालित फुड, वेभरेज र लजिङ सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सुविधा लिन चाहने बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, मार्फा ओर्चड होटलकासेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने छन् भन्ने बैंकले विश्वास लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री