वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को विज्ञ सदस्यमा डा. बिमल रेग्मी

काठमाडौँ । सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को विज्ञ सदस्यमा डा. बिमल रेग्मीलाई नियुक्त गरेको छ । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्लाई सरकारले पूर्णता दिएको हो ।

वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद् गठन गर्ने व्यवस्था छ । परिषद्को अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले परिषद्को गठन गरेका छन् ।

परिषद्को विज्ञ सदस्यमा डा. बिमल रेग्मी नियुक्त भएका छन् । जलवायु परिवर्तन तथा अनुकुलनमा विद्यावारिधि गरेका रेग्मीले दुई दशकभन्दा बढी समय जलवायु परिवर्तन, जैविक विविधतामा काम गर्दै आएका थिए ।

हाल उनले अक्सफोर्ड पोलिसि म्यानेजमेन्ट नेपालमार्फत सरकारलाई जलवायु परिवर्तन तथा अनुकुलनका नीतिगत सुधारमा काम गर्दै आएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री