काठमाडौँ । एभरेष्ट बैंकले काठमाडौँको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औँ शाखा २८ भदौ २०७९ मा उद्घाटन गरेको छ । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका– ८ का वडा अध्यक्ष सुमन तामाङ र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले सुन्दरबस्ती भङ्गाल शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उक्त उद्घाटन समारोहमा काठमाडौँ उद्योग वाणिज्य संघका कार्यकारी सदस्य रत्नभूषण छकुबाजी, बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोषकुमार भट्टराई तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतको उपस्थिति थियो ।
उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले सुन्दरबस्ती भङ्गालका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने आश्वासन दिए ।
तपाईंको प्रतिकृया




