नेपाल बैंकबाट आईपीओ भर्दा शुल्क नलाग्ने, सी-आस्बा शुल्क नलिने बैंकको संख्या ६ पुग्यो

काठमाडौं । नेपाल बैंक लिमिटेडले आईपीओ भर्दा सी–आस्बा शुल्क नलिने भएको छ । बैंकको यही भदौ १३ गते बसेको व्यवस्थापनको बैठकबाट उक्त निर्णय गरिएको हो । यसअघि, यो बैंकबाट आईपीओ भर्दा १० रुपैयाँ सी–आस्बा शुल्क लाग्दै आएको थियो ।

योसँगै आईपीओ भर्दा शुल्क नलाग्ने बैंकको संख्या ६ पुगको छ । यसअघि, नबिल बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकले सी–आस्बा शुल्क लिँदैन थिए ।

बैंकहरूले सी–आस्बा शुल्कबापत यसअघि १० देखि १०० रुपैयाँसम्म शुल्क लिँदै आएका थिए । नेपाल धितोपत्र बोर्डले सी–आस्बा शुल्क प्रतिआवेदक अधिकतम पाँच रुपैयाँ लिन पाउने व्यवस्था गरेसँगै निःशुल्क सी–आस्बा सेवा दिने बैंकको संख्या बढ्दै गएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जी-२० को समर्थनप्राप्त एसएमई फाइनान्स फोरमको सदस्य बन्यो नेपाल बैंकर्स संघ

काठमाडाैं । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको …

प्रतिकृया दिनुहॊस