काठमाडौंका यी ६ स्थानमा पाइन्छ फ्री वाईफाई

काठमाडौं । काठमाडौं महानगरपालिकाले  वल्र्ड लिंक कम्युनिकेशन प्रालिसँग मिलेर काठमाडौंका ६ स्थानमा फ्री वाईफाई  सेवा सुरु गरेको छ ।  पशुपतिनाथ मन्दिर परिसरसहित, बौद्ध, शंखपार्क, बालाजु बाइसधारा उद्यान, स्वयम्भु, बसन्तपुर हनुमानढोका दरबार क्षेत्रमा फ्री वाईफाई संचालन गरेको छ ।

सेवा लिनको लागि वाईफाई क्षेत्रमा स्मार्ट फोन प्रयोगकर्ता पुगेपछि सिस्टमले नेटवर्क भएको नोटिफिसन पठाउँछ । यसमा थिचेपछि एउटा पेज खुल्छ । पेजमा वाईफाई  प्रयोगकर्ताले नाम र मोवाइल नम्बर भर्नुपर्छ । यसरी विवरण भरिसकेपछि सिस्टमले मोवाइलमा एउटा कोड पठाउँछ ।  कोड भरिसकेपछि वाईफाई चलाउन सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री