नेपाल बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफरबिच रेमिट्यान्स (विप्रेषण) कारोबार सम्वन्धी सम्झौता भएको छ ।

उक्त  सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत चन्द्र टण्डनले हस्ताक्षर गरे।

सम्झौता पश्चात नेपाल बैंकबाट पठाएको रेमिट्यान्स सिटी एक्सप्रेस मनि ट्रान्सफरका सम्पुर्ण एजेन्टमार्फत भुक्तानी प्राप्त गर्न सकिने तथा सिटी एक्सप्रेस मनि ट्रान्सफर मार्फत पठाईएको अन्तरराष्ट्रिय रेमिट्यान्स नेपाल बंैक लिमिटेडका सम्पुर्ण शाखाबाट भुक्तानी प्राप्त गर्न सकिने छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप