काठमाडौं । काठमाडौं महानगरपालिकाले वल्र्ड लिंक कम्युनिकेशन प्रालिसँग मिलेर काठमाडौंका ६ स्थानमा फ्री वाईफाई सेवा सुरु गरेको छ । पशुपतिनाथ मन्दिर परिसरसहित, बौद्ध, शंखपार्क, बालाजु बाइसधारा उद्यान, स्वयम्भु, बसन्तपुर हनुमानढोका दरबार क्षेत्रमा फ्री वाईफाई संचालन गरेको छ ।
सेवा लिनको लागि वाईफाई क्षेत्रमा स्मार्ट फोन प्रयोगकर्ता पुगेपछि सिस्टमले नेटवर्क भएको नोटिफिसन पठाउँछ । यसमा थिचेपछि एउटा पेज खुल्छ । पेजमा वाईफाई प्रयोगकर्ताले नाम र मोवाइल नम्बर भर्नुपर्छ । यसरी विवरण भरिसकेपछि सिस्टमले मोवाइलमा एउटा कोड पठाउँछ । कोड भरिसकेपछि वाईफाई चलाउन सकिन्छ ।
तपाईंको प्रतिकृया




