चिकित्सकहरुद्वारा प्रदर्शन,देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं । मुलुकी अपराध संहितामा रहेको व्यवस्था संशोधनको माग गर्दै देशभरका चिकित्सकहरुद्वारा प्रदर्शन  गरेका छन्।आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प  छन् ।

विभिन्न नारा लेखिएका प्लेकार्ड र एप्रोन लगाएरै प्रदर्शनमा उत्रिएका   छन् । यस्तै, आज काठमाडौंमा  डाक्टरहरुले आफुले विरामी जाँच्न अथवा उपचार गर्न लिएको अनुमतिपत्र ‘लाईसेन्स’नेपाल मेडिकल काउन्सीलमा बुझाउने कार्यक्रम समेत राखेका छन् ।

आफ्ना मागप्रति सरकार संवेदनशील नभए आजदेखि अनिश्चितकालीन रूपमा स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी संघले दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री