काठमाडौं । मुलुकी अपराध संहितामा रहेको व्यवस्था संशोधनको माग गर्दै देशभरका चिकित्सकहरुद्वारा प्रदर्शन गरेका छन्।आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प छन् ।
विभिन्न नारा लेखिएका प्लेकार्ड र एप्रोन लगाएरै प्रदर्शनमा उत्रिएका छन् । यस्तै, आज काठमाडौंमा डाक्टरहरुले आफुले विरामी जाँच्न अथवा उपचार गर्न लिएको अनुमतिपत्र ‘लाईसेन्स’नेपाल मेडिकल काउन्सीलमा बुझाउने कार्यक्रम समेत राखेका छन् ।
आफ्ना मागप्रति सरकार संवेदनशील नभए आजदेखि अनिश्चितकालीन रूपमा स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी संघले दिएको छ ।
तपाईंको प्रतिकृया




