काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले सिंगापुरलाई ४ विकेटले हराउँदै दोस्रो जित हात पारेको छ । सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले ६ विकेट गुमाउँदै २८.१ ओभरमा पुरा गरेको हो।
नेपालका लागि अनिल कुमार साहले ३२ बलमा सर्वाधिक ४३ रन बनाए । यसैगरी, ज्ञानेन्द्र मल्लले २९ र दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ३३ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दिप लामिछाने र ललित सिंह राजवंशीले ३-३ विकेट लिएका थिए, सोमपाल कामीले २ र बसन्त रेग्मीले एक विकेट लिए । एसिया कप छनोटको सम्भावना जिवितै राखेको नेपालले आफ्नो अन्तिम म्याच हङकङविरुद्ध खेल्नेछ ।
तपाईंको प्रतिकृया




