प्रतितोला ७ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको कति ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोलामा ७ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप