काठमाडौँ । परराष्ट्रमन्त्री नाायण खड्का चीन भ्रमणमा जाने भएका छन् । यसका लागि आवशयक तयारी भइरहेको छ ।
मन्त्री खड्कालाई चिनियाँ सकमक्षी वाङ यीले अर्को साता चीन भ्रमणका लागि निम्ता गरेको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।
तर भ्रमण बढीमा दुई दिन मात्रै हुने स्रोतले बताएको छ । वाङले अगस्ट १० का दिन चीनको सान्दोङ प्रान्तस्थित छिङ्दावमा भेटवार्ताका लागि प्रस्ताव गरेका छन् । परराष्ट्र मन्त्रालयले आजै नियमित पत्रकार सम्मेलन समेत गर्दै छ। त्यस अवसरमा मन्त्रीको चीन भ्रमण घोषणा हुनसक्ने बताइएको छ ।
तपाईंको प्रतिकृया



