रक्सी खाएका वडाध्यक्ष रातभरि प्रहरी थुनामा

काठमाडौँ । रक्सी खाएका कञ्चनपुरका एक वडाध्यक्षले एक रात प्रहरी थुनामा बस्नु परेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका-८ का वडाध्यक्ष बहादुरसिंह महरालाई प्रहरीले एक रात थुनामा राखेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडाध्यक्ष महरालाई सोमबार राति थुनामा राखी मंगलबार बिहान छोडिएको थियो । रक्सी खाएर अनियन्त्रित अवस्थामा रहेकाले उनलाई इलाका प्रहरी कार्यालय झलारीमा राखिएको प्रहरीले बताएको छ । कार्यालयको अगाडि उपद्रो मच्चाइरहेको अवस्थामा वडाध्यक्ष महरालाई प्रहरीले नियन्त्रणमा लिएको थियाे ।

 उनले इप्रकाको गेटमा स्थानीयसँग विवाद गरिरहेको भिडिओ पनि सार्वजनिक भएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनी २०७४ सालको स्थानीय चुनावमा पनि जितेका थिए । उनले आफ्नो वडालाई मदिरा निषेधित क्षेत्र पनि घोषणा गरेको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री