काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानिबन समितिको सिंहदरबारमा शुरू भएको छ । केही बेरअघि शुरू भएको बैठकमा प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट खोलिएको छ ।
समितिका एक सदस्यले दिएको जानकारी अनुसार रिपोर्टमा भिडियो पनि आएको छ । अहिले सांसदहरु भिडिओ हेर्दैछन् । तर, कहिलेदेखि कहिलेसम्मको, कति के आयो भन्ने प्रष्ट छैन । १४ गतेकै छ छैन भन्ने खुलेको छैन ।
अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ रातिको सीसीटीभी फुटेज भेटेको थिएन । मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि फरेन्सिक जाँचका लागि प्रहरीको ल्याबमा पठाएको थियो ।
तपाईंको प्रतिकृया



