उपत्यकामा एकैदिन २३ सय ९७ सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ३९७ जना सवारी चालकलाई कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेका उनीहरूलाई सोमबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने ९२, लेन अनुशासन पालना नगर्ने ११२, रेड लाइटमा सवारी साधन चलाउने ८३, नम्बर प्लेट देखिने गरी नराख्ने २६ जना सवारी चालक रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अन्य कारबाहीमा २ हजार ८४ जना सवारी चालक परेको छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री