स्कुलको छतमा युवक मृत फेला, एकजना पक्राउ

काठमाडाैं । कञ्चनपुरमा एक युवक स्कुलको छतमा मृत फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरमा रहेको गोल्डेन ब्रिज बोर्डिङ स्कुलको दुई तले छतमा वडा नम्बर ७ हल्दुखालका अन्दाजी २२ वर्षीय प्रेमसिंह धामी मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले उनीसँगै रहेका एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र शाहले घटनाको अनुसन्धानका लागि उनीसँगै छतमा सुतेका अर्का एक युवकलाई पक्राउ गरिएको बताए । उनका अनुसार उनीहरू दुवै जना लागु औषध प्रयोगकर्ता हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा दुवै जना बियर र लागु औषध सेवन गरेर आराम गर्ने भन्दै स्कुलको छतमाथि गएका थिए । धामीको मृत्युपछि पक्राउ परेका उनकै साथीले घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाका दुई उपसभापतिसहित ९ नेतालाई पक्राउ गर्न माग गर्दै जाहेरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल तथा डा. स्वर्णिम वाग्लेसहित नौं …

प्रतिकृया दिनुहॊस