बजेट निर्माणमा हाम्रो संलग्नता पुष्टि भएमा कारवाही भोग्न तयार छौँ : निर्वाण चौधरी

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले चौधरी ग्रुपलाई फाइदा पुग्ने गरी बजेट ल्याउने अघिल्लो रात करको दर हेरफेर गरिएको भन्ने टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकका बुधबार स्टाटस लेख्दै उनले यस्तो आपत्ति जनाएका छन् । ‘बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ फेसबुकमा उनले लेखेका छन्, ‘बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ । यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ ।’

उनले उक्त आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन् । ‘उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ,’ उनले लेखेका छन्, ‘र, यस सम्वन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्वन्धित निकायहरुलाई आग्रह गर्दछौँ । यस मामिलामा यदि हाम्रो संलग्नता कहिँ कतै पुष्टि भएमा हामी कारवाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारवाही भोग्न तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

२५ अंकले बढ्यो नेप्से, ४ अर्ब १७ करोडको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक २५ अंकले बढेको छ । आज नेप्से २५.८८ अंकले बढेर …

प्रतिकृया दिनुहॊस