स्कुलको छतमा युवक मृत फेला, एकजना पक्राउ

काठमाडाैं । कञ्चनपुरमा एक युवक स्कुलको छतमा मृत फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरमा रहेको गोल्डेन ब्रिज बोर्डिङ स्कुलको दुई तले छतमा वडा नम्बर ७ हल्दुखालका अन्दाजी २२ वर्षीय प्रेमसिंह धामी मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले उनीसँगै रहेका एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र शाहले घटनाको अनुसन्धानका लागि उनीसँगै छतमा सुतेका अर्का एक युवकलाई पक्राउ गरिएको बताए । उनका अनुसार उनीहरू दुवै जना लागु औषध प्रयोगकर्ता हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा दुवै जना बियर र लागु औषध सेवन गरेर आराम गर्ने भन्दै स्कुलको छतमाथि गएका थिए । धामीको मृत्युपछि पक्राउ परेका उनकै साथीले घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेमाथि गहिरो अनुसन्धान : अरू जिल्ला पनि पुर्‍याउन सक्ने

काठमाडौं । कास्की प्रहरीले सहकारी रकम अपचलनमा संलग्नताको आरोपमा हिरासतमा लिएका गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक रवि लामिछानेमाथि गम्भीर अनुसन्धान भइरहेको छ । सहकारी संस्थाहरूबाट मिडिया नेटवर्कमा ठूलो मात्रामा बचतको अपचलन भएको आशङ्कामा उनलाई पोखरा लगिएको हो ।

प्रतिकृया दिनुहॊस