नेता शेखर कोइरालाले गरे प्रेस युनियनका पूर्व अध्यक्ष र वरिष्ठ पत्रकारसँग छलफल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाल प्रेस युनियनका अग्रजसँग छलफल गरेका छन् । उनले बिहान प्रेस युनियनका पूर्व अध्यक्ष र वरिष्ठ पत्रकारसँग नेपाल प्रेस युनियनको आसन्न केन्द्रीय महाधिवेशनबारे छलफल गरेका हुन् ।

छलफलमा प्रेस युनियनलाई कसरी एकताबद्ध गरेर लैजान सकिन्छ भन्नेबारे कुराकानी भएको थियो । छलफलमा अग्रज पत्रकार तारानाथ दाहाल, कुलचन्द्र वाग्ले, तेजप्रकाश पण्डित, रमेश तुफान, किरण पोख्रेल, कबिर राणा, विपुल पोख्रेल र पोषण केसी सहभागी थिए ।

साथै कांग्रेस सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार र कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम पनि छलफलमा सहभागी रहेका थिए । प्रेस युनियनको नवौँ महाधिवेशन आउँदो साउन ६ र ७ गते हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री