काठमाडाैँ । प्यूठानमा गएरातिपरेको चट्याङ लागेर घाइते भएका ऐरावती गाउँपालिका-६ बिजुलीकोटका दुई बालकको मृत्यु भएको छ ।
चट्याङ लागेर सख्त घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको र उनीहरूको उपचारकै क्रममा मृत्यु भएको जिल्ला अस्पताल प्यूठानलाई उद्दृत गर्दै ऐरावती गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिए ।
मृत्यु हुनेमा ऐरावती गाउँपालिका -६ का ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेका छन् । चट्याङ लागेर ऐरावतीको वडा न-६ का ६ जना र वडा नं-१ का ४ जना घाइते छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार हुँदैछ ।
तपाईंको प्रतिकृया




