काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेको हो।
जसअनुसार आज छापावाल सुन ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ।
चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँ कारोबार भएको थियो।
तपाईंको प्रतिकृया




