स्वास्थ्य ल्याब सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्सले काठमाडौँ प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टरसँग छुटमा सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरे ।

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स कर्मचारी, सेयरधनी तथा ग्राहकलाई काठमाडौँ प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टर महाराजगञ्ज, काठमाडौँमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने जनाइएको छ ।

साथै सोही रेग्मीले काठमाडौँ प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस