मेयर साम्पाङ आफै अघि लागेपछि खानेपानीको लागि जनश्रम दिन जुटे सयौँ धराने

काठमाडाैँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान-२० स्थित पकुवाखोलामा खानेपानीको लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् । पूर्व निर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र ‘इन्टेक’ बनाउने काममा उनीहरू खटिएका हुन् ।

शनिबार सोही क्षेत्रमा वृक्षारोपण पनि गरिएको छ । पकुवाखोला क्षेत्रमा करिब २५० विभिन्न जातका फलफूल र बाँसलगायतका बिरुवा रोपिएको छ । पछिल्लो समय धरानमा खानेपानीको समस्या हुँदै आएको छ । खानेपानी अभाव टार्न नगर प्रमुख साम्पाङले खानेपानीको स्रोत खोजी गर्न उच्च प्राथमिकता दिएका छन् ।

पकुवाखोलाको पानी उपयोग गर्न यसको सङ्कलनका लागि ‘इन्टेक’ बनाउने काम भइरहेको उनले जानकारी दिए । विशेष गरी खानेपानीको मुद्दा उठान गरी स्वतन्त्रबाट नगर प्रमुखमा निर्वाचित भएपछि उनले खानेपानी व्यवस्थापनका लागि ध्यान दिइरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हावाहुरीसहित वर्षा, तराईमा तीन दिन तातो हावा चल्ने

काठमाडौँ । अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

प्रतिकृया दिनुहॊस

This will auto close after