काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जनतालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । बुधबार राजधानीमा नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बधाई शुभकामना आदान प्रदान कार्यक्रम बोल्दै मन्त्री कुँवरले यस्तो बताएका हुन् ।
उनले जनतासँगै आफ्नो पार्टीलाई समेटेर लैजाने बताए । ‘मेरो पहिलो प्राथमिकता भनेको जनता हो । पार्टीलाई पनि प्राथमिकतामा राखेर काम गर्छु,’ उनले भने ।
मन्त्री पदमा रहँदा समेत जनतासँग प्रत्यक्ष जोडिने बताउँदै कुँवरले आफूमाथि आशङ्का नगर्न पनि नेता कार्यकर्तालाई आश्वस्त पारे । मन्त्री कुँवरले पार्टीले प्रदान गरेको जिम्मेवारी समग्र सुदूरपश्चिमकै लागि अवसर रहेको समेत उल्लेख गरे ।
तपाईंको प्रतिकृया




