काठमाडौं । आइएमई पेबाट नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता भुक्तानी गर्दा क्यासब्याक पाइने भएको छ ।
आइएमई पे एपको “प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ” अफर अन्तर्गत १० असारदेखि उक्त एपबाट एनएलआइसीको बीमा किस्ता भुक्तानी गर्दा ग्राहकहरुले सो मूल्यको ०.५% (अधिकतम २५०० सम्म) क्यासब्याक पाउने छन् ।
साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । केवाईसी रुजु भएका प्रयोगकर्ताहरुले बीमा किस्ताको भुक्तानी नियत मितिभित्र वा मितिपछिको ७ दिनभित्र आइएमई पे एपबाट गरेमा मात्रै उक्त अफर प्राप्त गर्न सक्नेछन् ।
तपाईंको प्रतिकृया




