रामकुमारी झाँक्रीले दिइन् मन्त्रीबाट राजीनामा

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएकी हुन् ।

नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन् । उनीसँगै आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि मन्त्रीबाट राजीनामा दिएका छन् ।

नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले बिदाइ कार्यक्रम राखेको छ ।

कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा मन्त्री झाँक्री भने भावुक बनिन् । उनको आँखा आँसुले टिलपिल भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, पाए गितार उपहार (तस्बिरहरू)

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका …

प्रतिकृया दिनुहॊस