नवनियुक्त मन्त्रीको शपथ सोमबार हुने, को-को बने नयाँ मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । देउवाले एकीकृत समाजवादीका मन्त्रीहरु हेरफेर गरेका हुन् । माओवादी र कांग्रेसका मन्त्रीहरुलाई मन्त्रिपरिषद्‍मा यथावत राखिएको छ ।

देउवाले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार २४ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, पाए गितार उपहार (तस्बिरहरू)

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका …

प्रतिकृया दिनुहॊस