मन्त्री आलेको स्वमूल्याङ्कन : म ९० प्रतिशत सफल र सन्तुष्ट

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मन्त्रालयबाट बाहिरिँदै गर्दा पत्रकार सम्मेलन गरेर आफूले गरेका काम कारवाहीबारे जानकारी गराएका छन् । १० गते नै राजीनामा बुझाएका मन्त्री आलेले झण्डै ९ महिना (२६३ दिन) पदमा बहाल रहेर काम गर्दा आफू ९० प्रतिशत सफल भएको बताए ।

आफूलाई चाँडै नतिजा चाहिने भन्दै उनले नतिजामुखी भएर काम गरेको बताए । उनी आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट भएको वा ९० प्रतिशत अंक ल्याएको बताए । ‘एक्सन मन्त्री’ उपमा आफूले पाएको र यसले आफूलाई ऊर्जा प्रदान गरेको समेत उनले बताए ।

हवाइजहाज तथा हेलिकोप्टरलाई संघीय संरचनाअनुसार लैजाने, पशुपती धर्मशाला, नारायणीहिटी संग्रहालय, वायु सवा निगमलगायतका ठाउँमा आफूले दर्जनौँ सुधारको काम गरेको बताए । गौतम बुद्ध विमानस्थलको सफल सञ्चालनमा ल्याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थल चौबीसै घण्टा र अन्य विमानस्थल १८ घण्टा सञ्चालन ल्याउने काम भएको उनले बताए ।

काठमाडौँबाट मात्र उडान हुने गरेकोमा अब विमानहरुले आधार विमानस्थलबाटै उडान गर्ने व्यवस्था सुरु गरेको बताए । सटल बस सेवा सञ्चालन, परीक्षण शुल्क घटाएको, आइकाओको संपरीक्षण कार्य सम्पन्न गरिएको, इलामको सुकिलुम्बा विमानस्थल निण सम्पन्न गरेको बताए । पोखरा विमानस्थलको निर्माण ९७ प्रतिशत सकिएको उनकाे भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकै सिजनमा तीनपटक सगरमाथा चढिन् पूर्णिमा

   

प्रतिकृया दिनुहॊस