काठमाडाैँ । गोरखामा ग्यासको सिलिण्डर पड्किँदा एकजनाको मृत्यु भएको छ । शहिद लखन गाउँपालिका ७ जामुनेकी केशरीमाया वस्तीको ग्याँस सिलिण्डर पड्किएर मृत्यु भएको हो ।
सिलिण्डर पड्किएपछि घरमा आगलागी भएको थियो । घर आगलागीबारे बिहान मात्र थाहा भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरसँगै घरमा रहेका सबै सामान जलेर नष्ट भएको छ ।
प्रतिकृया दिनुहॊस