शेयर बजारः ३६ दशमलव शून्य ७ अंकले घट्याे नेप्से

मंगलबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। सोमबार १५ दशमलव ८२ अंकले घटेको बजार आज पनि ३६ दशमलव शून्य ७ अंकले घटेर १ हजार ९९६ दशमलव २६ विन्दुमा झरेको हो।

मंगलबार २३२ वटा धितोपत्रको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

मंगलबार १३ वटै समूहको परिसूचक राताम्मे भएको छ। सबैभन्दा बढी व्यापार समूहको ३ दशमलव १२ प्रतिशतले घटेको हो। कारोबार रकमको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको ४ करोड ६७ लाख १८ हजार १९३ रुपैयाँको शेयर खरिद विक्री भयो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री