नवलपरासी (पश्चिम), सर्लाही र कपिलवस्तुमा करेन्ट लागेर तीन जनाको मृत्यु

नवलपरासी (पश्चिम), सर्लाही र कपिलवस्तुमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। नवलपरासी(पश्चिम)को बर्दघाट नगरपालिका–१३ मुदनपुरा बस्ने १८ वर्षीय राजन कोहारको करेन्ट लागेर सोमबार मृत्यु भएको हो। आफ्नै घरको कोठामा सुतेको अवस्थामा टेबुल पंखा पल्टिएर करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो।

सर्लाहीको गोडैता नगरपालिका–११ बस्ने ७५ वर्षीया मकुरचन देवी मण्डलको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ। आफ्नै घरमा मोटर जडान भएको कल चलाई नुहाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–४ हरिहरपूर बस्ने ६५ वर्षीय निमबहादुर भुसालको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ।

आफ्नो घर पछाडी रहेको टिनको पालीमा विद्युतको तार टुटेको देखेपछि उक्त तार मर्मत गर्न खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको चार नम्बरस्थित चन्द्र पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस