स्थानीय तह निर्वाचनमा पार्टीको सिट घटेकोबारे एमालेले समीक्षा गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनमा जनमत तलमाथि नभए पनि सिट घटेको भन्दै त्यसको समीक्षा हुने जनाएको छ।

आइतबार बसेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मतमा एमाले ठूलो भएको भए पनि नेतृत्वमा भने विगतको भन्दा कमजोर नतिजा आएको बताए। त्यस विषयमा समीक्षा हुने उनको भनाइ थियो। पार्टीमा अन्तर्घात भएका विषयमा वडादेखि देशभर सम्बन्धित कमिटीमा समीक्षा हुने बताए।

केही स्थानमा भने उम्मेदवारी चयन लगायतका विषय मिलाउन नसक्दा समस्या देखिएको उनले बताए। बैठकले पार्टीको प्रतिष्ठालाई कमजोर गर्ने, पार्टीको विजयमाथि शंका हुने, मूल नेतृत्वमाथि अनास्था फैलाउने अभिव्यक्ति दिन नहुने निष्कर्ष निकाले उनले जानकारी दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप