जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन असार १ गते

जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनमा गठबन्धनतर्फका दल र एमाले भिड्ने भएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धन कायम नै राखेका हुन् ।

९ सदस्यीय समितिमा गठबन्धनबाट एकीकृत समाजवादीले प्रमुख, कांग्रेसले उपप्रमुखसहित ५ सदस्य र नेकपा (माओवादी केन्द्र) ले ३ सदस्य पाउने सहमति बनेको थियो। असार १ गते मतदान हुने भएको छ।

गठबन्धनको तर्फबाट प्रमुखमा एकीकृत समाजवादीका दिपककुमार गौतम, उपप्रमुखमा कांग्रेसका रिमबहादुर तामाङ र सदस्यमा कांग्रेसबाट मंगलबहादुर तामाङ, निरबहादुर लामा, चण्डिका मिजार र अप्सरा सिपखान, माओवादी केन्द्रबाट कमलराज गिरी, कृष्णकुमारी राई र रस्मिता भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

यता एमालेले भने प्रमुखमा कमला भट्टराई र उपप्रमुखमा राजेन्द्र केसीलाई उम्मेदवार बनाएको छ। सदस्यहरुमा प्रमिला विक कामी, रोजिना तामाङ, रुपा प्याकुरेल धिताल, मन मिजार, गोपिबहादुर श्रेष्ठ, सागर मानन्धर र प्रकाश बञ्जारा छन्।

काभ्रेका १३ पालिकाका २६ पद मध्ये १३ पदमा कांग्रेस, माओवादी केन्द्र ८, एमाले ४ र एकीकृत समाजवादी एक पदमा निर्वाचित भएका थिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सडकमा अलपत्र यात्रुलाई तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन …

प्रतिकृया दिनुहॊस

This will auto close after