प्रदेश १ काे नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले आज पारित भएको छ। प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(३) बमोजिम आव २०७९/८० का लागि मुख्यमन्त्री राजेन्द्रकुमार राईले सो प्रस्ताव पेश गरेका थिए ।

नीति तथा कार्यक्रममा उठेका प्रश्नका जवाफमा मुख्यमन्त्री राईले अघिल्लो सरकारको कारण वर्तमान सरकारलाई आर्थिक भार बढेको बताए। उनले बहुवर्षीय योजनामा विगतका सरकारले पर्याप्त बजेट विनियोजन नगरी योजना अघि बढेको अवस्थामा अहिलेको सरकारले ती योजनालाई पूरा गर्ने उद्देश्यका साथ अघि बढिरहेको बताउँदै विगतका सरकारका कारण अहिले सरकारलाई २७ अर्बको आर्थिक भार बढेको बताए।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा छलफलमा सहभागी प्रतिपक्षका सांसदहरूले विगतकै सरकारको कपी पेस्ट हो भन्नु र यो नीति तथा कार्यक्रममा केही छैन भन्नु आफूले नबुझेको भन्दै मुख्यमन्त्री राईले छलफलमा उठेका सकारात्मक र राम्रा कुरा ग्रहण गर्ने उल्लेख गरे ।

उनले निजामती सेवामा आकर्षित गराउनका लागि अभिमुखीकरण कार्यक्रम ल्याउने, लोकसेवा परीक्षा तालिम गराउने उद्देश्यले नीति तथा कार्यक्रममा प्रवेश पाएको बताउँदै सरकार बाध्य भएर बहुवर्षीय योजनामा रकम विनियोजन गरिरहेको बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्रतीक थापालाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको …

प्रतिकृया दिनुहॊस