बञ्चरेडाँडामा फोहाेर फाल्ने विषयमा संघर्ष समिति र मन्त्रालयबीच भोलि वार्ता हुने

काठमाडौं महानगरको फोहाेर व्यवस्थापनका विषयमा देखिएको विवाद समाधानका लागि भोलि वार्ता हुने भएको छ। काठमाडौंको फोहाेर बञ्चरेडाँडामा फालेपछि विवाद उग्र बनेको थियो। स्थानीयको सहमति बेगर बञ्चरेडाँडामा फोहाेर फालेको भन्दै आन्दोलन भइरहेको छ।

मंगलबार र बुधबार फोहाेर बोकेर गएका सवारीमा स्थानीयले अवरोध गरेका थिए भने प्रहरीले बल प्रयोग गरेपछि अवस्था झनै बिग्रिएको थियो।

विवाद बढ्दै गएपछि त्यसको समाधानका लागि सरकार र आन्दोनरत पक्षबीच भोलि वार्ता हुने भएको हो। भोलिको वार्तामा सरकारका तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष लगायतका सहभागी हुने जनाइएको छ। वार्ता बिहान ८ बजे मन्त्रालयमा हुँदैछ।

यसअघि सहरी विकास मन्त्रालयले सोमबार प्रभावित क्षेत्रका गाउँपालिका नुवाकोटको ककनी र धादिङको धुनिबेसी नगरपालिका प्रमुखलाई राखेर बञ्चरेडाँडामा फोहर फाल्ने सम्झौता गरेको थियो। तर स्थानीयलाई सहभागी नगराएको र प्रभावित क्षेत्रका वडाअध्यक्षलाई नराखेको भन्दै स्थानीयले त्यसलाई अस्वीकार गरेका थिए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस