बञ्चरेडाँडामा केहि समयदेखि तनाव बढिरहेकाे छ । संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले दिएकाे जानकारी अनुसार प्रहरीले उनीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाएको भन्दै छाडेको हो। संयोजक ढुंगानासहित ३ जनालाई प्रहरीले हिजाे दिउसो पक्राउ गरेको थियो। पक्राउ परेका ढुंगाना, श्रीकृष्ण बजगाईँ र तपन उप्रेतीलाई ककनी प्रहरी चौकीमा राखिएको थियो।
रातभर प्रहरी चौकीमा राखेर केही बेरअघि छाडिएको हाे । ‘प्रधानमन्त्रीकहाँ वार्ता गर्ने र तपाईंहरु त्यहाँ जानुपर्छ भनेर उहाँहरुले भन्नुभएको छ,’ उनले भने, ‘काठमाडौं बोलाइएको भएपनि कहाँ बस्ने र कसरी वार्ता हुने भन्नेबारे केही पनि जानकारी भएको छैन।’ काठमाडौंको फोहोर बोकेका ट्रकलाई स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा लैजान सकिएको छैन। गएरातिको वर्षातले बाटो अवरुद्ध भएपछि फोहोरका ट्रकहरु काठमाडौंबाट जान सकेका छैनन् ।




