नेपाल जोर्डनसँग पराजित

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग २-० गोल अन्तरले पराजित भएको छ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति नेपाल जोर्डनसँग पराजित भएको हो । पहिलो हाफमा नेपालले जोर्डनलाई गोलरहित बराबरीमा रोकेको थियो । तर,दोस्रो हाफमा नेपालले दुई गोल खानु पर्‍यो ।

जोर्डनलाई जित दिलाउन अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे । नेपालका डिफेन्डर गौतम श्रेष्ठले मिडफिल्डर मोहमद फैजललाई पेनाल्टी बक्स भित्र लडाएपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो ।

तर, खेलको ६९ औं मिनेटमा ओल्वनले गोल गर्दै जोर्डनलाई शुरुाती अग्रता दिलाए । खेलको ८२ औं मिनेटमा हाम्जाले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई २-० को जित दिलाए ।

यस जितसँगै जोर्डनले पहिलो खेलमा ३ अंक जोडेको छ । नेपालले हारबाट छनोटको शुरु गरेको छ । छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कप्तान सुनील क्षेत्रीले लिए सन्न्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् …

प्रतिकृया दिनुहॊस

This will auto close after