नाग्दी खोलामा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडाैँ । पृथ्वी राजमार्गको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलामा पहिरो गएको छ । बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ ।

अहिले बिहानबाट पहिरो हटाउन शुरू भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण काठमाडो जाने आउने गाडीहरू ठप्प भएका छन् ।

यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण अचेल यो सडकखण्ड पटक-पटक अवरूद्ध हुने गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डडेल्धुरामा टिपर खस्दा धादिङका दुई युवाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। …

प्रतिकृया दिनुहॊस