जन्ती बोकेको बस दुर्घटना, १२ जना घाइते

चितवनको रत्ननगरमा बुधबार दिउँसो जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

रत्ननगर नगरपालिका-२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना५ख ६४३ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हाे ।

बसमा ३० जना सवार थिए। दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस