स्थानीयले मानेनन् त्रिपक्षीय सहमति, बन्चरेडाँडामा फोहोर फाल्न अवरोध

काठमाडौँ । धादिङ र नुवाकोटको सीमामा पर्ने बन्चरेडाँडामा फोहोर फाल्न स्थानीयले रोक लगाएका छन् । सहरी विकास मन्त्रालय मन्त्रालय, काठमाडौँ महानगरपालिका र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमतिमा असहमति जनाउँदै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका हुन् ।

मन्त्रालय, महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौँको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो । तर बिहान काठमाडौँबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका हुन् ।

सहमति नमान्ने भन्दै उनीहरु फोहोर बिसर्जन गर्न नदिएको काठमाडौँ महानगरपालिकाका एक कर्मचारीले जानकारी दिए । गत १४ जेठबाट उपत्यकाको फोहोर उठ्न नसक्दा सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री