सवारी दुर्घटनामा नेकपा एसका नेता चौधरीको निधन

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका नेता रामनारायण चौधरीको सवारी दुर्घटनामा निधन भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका-५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स.१०प ४६११ नम्बरको स्कुटरलाई ना.६ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

सुरुंगा नगरपालिका निवासी ६८ वर्षीय चौधरी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट सुरुंगा नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवार बनेका थिए । उनी पार्टीको जिल्ला कमिटी सदस्य थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस