उठाउन थालियो काठमाडौँको फोहोर, यस्तो छ सहमति

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर उठाउन थालिएको छ । सोमबार सर्वपक्षीय छलफलमा सहमति भएसँगै जेठ १६ गते रोकिएको फोहोर उठाउन थालिएको हो ।

सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहर उठाएर सिसडोल बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो । सहमतिपत्रमा सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट हस्ताक्षर गरिएको छ ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले स्थायी रूपमा नै फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने बाटो खोजिएको प्रतिक्रिया दिइन् । ‘एकदमै महत्त्वपूर्ण निर्णय भएको छ । यो स्थायी रूपमा फोहोर व्यवस्थापनको समाधानतिर जाने निर्णय भएको छ,’ उनले भनिन्, ‘यस विषयमा हामी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि खुसी हुनुहुन्छ । मापदण्डअनुसार काम बन्ने र प्रणाली स्थापित हुने भयो ।’

मन्त्री झाँक्रीको रोहबरमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह,उपमेयर सुनिता डंगोल, ललितपुर महानगरपालिकाकी उपप्रमुख मन्जली शाक्य, प्रभावित धुनिवेशी नगरपालिकाका प्रमुख वालकृष्ण आचार्य,ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङलगायत जनप्रतिनिधिको बैठकले फोहोर उठाउने सम्बन्धमा सहमति जुटाएको हो ।

यसका लागि बन्चरेडाडा फोहोर व्यवस्थापन आयोजनका निर्देशक मन्त्रालका रवीन्द्र बोहरा, काठमाडौँ महानगरका लोकनाथ पौड्याल, धुनिवेशी नगरपालिकाका हरिदत्त कँडेल र ककनी गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी शर्माले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमति :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस