ललितपुर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलवार गरेको नेपाल बन्दका क्रममा अाज दिउँसो ललितपुरको ज्वागलको व्यस्त सडकमा प्रेसर कुकर बम फेला परेको छ । स्थानीयका अनुसार एक व्यक्तिले सडकमा बम राखेर ज्वागलबाट युएन पार्कतर्फ भागेका हुन ।
बम फेला परेपछि शुरुमा नेपाल प्रहरीले बमलाई बीच सडकबाट सुरक्षित स्थानतर्फ लगेको थियो । त्यसपछि ढुङ्गाले हानेर बमलाई निस्क्रिय पारिएकाे थियाे । सेनाले दिएकाे जानकारी अनुसार बममा अति प्रज्वलनशील मानिने सल्फर पाउडर र सिसाका टुक्राहरु रहेको थियो ।
तपाईंको प्रतिकृया




