चितवन । चितवनका विभिन्न स्थानबाट प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षाका लागि रातिदेखि नै प्रहरी टोली खटिरहेकाे छ । यसैक्रममा विभिन्न क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेकालाई पक्राउ गरेको छ ।
केही व्यक्ति खल्तीमा ढुङ्गा र लाइटर बोकेर हिँडेको अवस्थामा र केहीले शंकास्पद गतिविधि देखाएकाले पक्राउ गरेर अनुसन्धान गरिएको बताइएको छ ।
उनीहरु नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता हो होइन भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले वताएकाे छ ।
तपाईंको प्रतिकृया



