नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १५ प्रतिशत बढेर ३ अर्ब ५७ करोड

काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा नेपाल इन्भेष्टमेन्ट बैंकले नाफा १५ प्रतिशत बढाएको वताएकाे छ । गत असारसम्म बैंकले ३ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ११ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो । एक वर्षमा बैंकले ४६ करोड ४७ लाख रुपैयाँ नाफा बढाएको  सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी बढेर ५ अर्ब ८७ करोड ८० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ४ अर्ब ८७ करोड रुपैयाँ ब्याज आम्दानी थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री